आजको मौसम : तराईमा कुहिरो र पहाडी क्षेत्रमा आंशिक बदली रहने

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिन अनुसार यसको प्रभावले देशका केही पहाडी भू-भागमा आंशिक बदली र तराईमा कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। तराईका केही स्थानहरूमा भने हल्का कुहिरो लाग्ने सम्भावना छ। देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । 

Navadurga sun

यसैगरी, आज राति पनि कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ। तराईका केही ठाउँहरूमा कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेको र बाँकी क्षेत्रमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...