धनगढी- धनगढीबाट ५ किलो चरेशसहित बझाङका एक जना पक्राउ परेका छन् ।



बिशेष सूचनाको आधारमा कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको चितवन होटेलमा कोठा गरी बसेको बझाङको सुर्मा गाउँपालिका–२ बस्ने ५० वर्षीय जलहरी बोहरा चरेशसहित पक्राउ परेका हुन् ।


बोहरालाई चेकजाँच गर्दा उनको साथबाट ५ केजी ५७६ ग्राम लागूऔषध चरेश फेला पारी उक्त पदार्थसहित वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।