कैलालीको गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुँदै

अत्तरिया- कैलालीको गोदावरीधाममा पुस ३० गतेदेखि बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुने भएको छ । गोदावरीधाम विकास समितिको आयोजनामा हुने उक्त मेलाको औपचारिक समुद्घाटन पुस ३० गते दिउँसो १ बजे धार्मिक विधि–विधानअनुसार विशेष पूजा–आजासहित गरिने समितिका अध्यक्ष पद्मराज जोशीले जानकारी दिनुभयो । 

Dadeldhura hospital

समुद्घाटन कार्यक्रममा सन्त–महन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, गुरुकुलका वटुहरू तथा श्रद्धालु भक्तजनहरूको सहभागिता रहने बताइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

पुस ३० गतेदेखि माघ १२ गतेसम्म सञ्चालन हुने मेलामा पाँचवटा पुराण वाचन, ग्रह शान्ति, लक्षहवन, योग–ध्यान, भजन–कीर्तन तथा धार्मिक प्रवचनजस्ता विविध कार्यक्रमहरू आयोजना गरिनेछन् ।

गोदावरीधाम विकास समितिका अनुसार उक्त धार्मिक अनुष्ठानमा श्रद्धालु भक्तजनहरू तथा विभिन्न सामाजिक एवं धार्मिक संघ–संस्थाहरूलाई सहभागिताका लागि सादर अनुरोध गरिएको छ ।

Loading...