डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका-९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘दुर्घटनामा परी दुवै जना घाइते हुनुभएको थियो, घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेका छन्’, उनले भने ।

जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका प्रहरी प्रमुख सिंहले बताए ।

परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्याक्टर चालक सुरेश भट्ट फरार रहेका छन् । उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Loading...