कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद 

कञ्चनपुर- कञ्चनपुरबाट २ लाख ७७ हजारको भन्सार छलीका सामान बरामद गरिएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–४ ओपेरा होटल नजिक, भीमदत्त नगरपालिका–१० जिमुवा र पुनर्वास नगरपालिका–११ काठेपुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ७७ हजार ४५० बराबरको सामान बरामद गरेको हो ।

Navadurga sun

भन्सार छलीका सुर्ति, बिडी, बिभिन्न किसिमका टर्च लाईट, तरकारी, च्याउ, माछा, जुत्ता, कपडा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...