कञ्चनपुरमा खैरो हिरोइनसहित एक युवक पक्राउ

महेन्द्रनगर- कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चौवन्नी खल्ला गाउँबाट लागुऔषध खैरो हेरोइनसहित एक जना युवक पक्राउ परेका छन्।

लागूऔषध व्युरोको शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो करिब ४ बजे २१.१३ ग्राम खैरो हेरोइनसहित १८ वर्षीय निशान्त रानालाई पक्राउ गरेको हो। पक्राउ परेका राना कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका–२ चौवन्नी खल्ला गाउँका स्थायी बासिन्दा हुन्।

Navadurga sun

प्रहरीका अनुसार उनलाई सोही स्थानबाट नियन्त्रणमा लिइएको हो। पक्राउपछि रानालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरमा बुझाइ थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र लागू औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। उक्त कारबाही प्रहरीका वरिष्ठ सई केशव जोशीको कमाण्डमा सम्पन्न गरिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...