कैलालीमा साथीमाथि धारिलो हतियार प्रहार, एक जना पक्राउ

कैलाली- धनगढी उपमहानगरपालिका–१ अदालतरोडबाट प्रहरीले डोटीको बडीकेदार गाउँपालिका–२ असुराका अंकित मास्कीमगरलाई पक्राउ गरेको छ। उनी आफ्नै साथी धनगढी–८ का २२ वर्षीय शेखर मास्कीमगरमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार, शेखर सुतेको अवस्थामा आक्रमण गरिएको थियो। धारिलो हतियार प्रहारबाट घाइते भएका शेखर अहिले कैलाली अस्पतालमा उपचाररत छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...