देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरोको असर

काठमाडौं- देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्हसम्म कुहिरो लाग्ने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

Navadurga sun

आज राति तराईका अधिकांश स्थानमा हुस्सु लागिरहनेछ भने सबै प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली कायम रहनेछ।

तराई भूभागमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...