सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस अग्रस्थानमा

अत्तरिया-  सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत मतभार तयार भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको मतभारअनुसार सुदूरपश्चिम प्रदेशको कुल मतभार ६ हजार १५३ रहेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता रहन्छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १९ तोकिएको छ । सोही आधारमा प्रदेशगत मतभार निर्धारण गरिएको आयोगले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रदेश सभामा सुदूरपश्चिमका ५३ सदस्य छन् । स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्या ८८ रहेको छ । दलगत अवस्थाअनुसार प्रदेश सभामा नेपाली कांग्रेस १८ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । माओवादी केन्द्र र एमालेका समान ११–११ सदस्य छन् । नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक–एक सदस्य रहेका छन् ।

Dadeldhura hospital

स्थानीय तहमा कांग्रेसका ४० प्रमुख र ४६ उपप्रमुख छन् । एमालेका प्रमुख र उपप्रमुख गरी ५० जना छन् भने माओवादी केन्द्रका २४ जना रहेका छन् । यस आधारमा समग्र मतभारमा कांग्रेस सबैभन्दा बलियो दल बनेको छ । एमाले दोस्रो स्थानमा रहेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेकपा तेस्रो स्थानमा छ । 

प्रदेश सभामा नेकपाले एमालेलाई उछिने पनि स्थानीय तहमा एमालेको संख्या बढी भएकाले समग्र मतभारमा एमाले दोस्रो स्थानमै रहेको हो । ठूला तीन दलबीच राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा भएमा कांग्रेस अग्रस्थानमा रहने देखिएको छ ।

राष्ट्रिय सभा निर्वाचन आगामी ११ माघमा हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार १९ पुस बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । २२ पुस दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । २३ पुस बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

त्यस्तै, २४ पुस उम्मेदवारविरुद्ध उजुरी दिने, २७ पुस नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन गर्ने र २८ पुस निर्वाचन चिह्न वितरण गरिनेछ । ११ माघ बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

Loading...