कञ्चनपुरबाट २ जना फरार प्रतिबादी पक्राउ

Dadhaldhura pur

कञ्चनपुर- कञ्चनपुरबाट २ जना फरार प्रतिबादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको मिति २०६४ वैशाख ३१ गतेको फैसलाले कैदी भगाए सम्बन्धी मुद्दामा ६ महिना कैद सजाय तोकिएको कृष्णपुर नगरपालिका–७ मटैया बस्ने मनिराम चौधरीलाई इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार घरबाट पक्राउ गरेको जनाएको छ।

Ganyapdhura gau

यस्तै लागुऔषध खैरो हिरोईन मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका शुक्लाफाँटा नगरपालिका–३ पिप्लाडी बस्ने २२ वर्षीय रबिन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। चौधरीलाई इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ।

Couple
Loading...