सुदूरपश्चिमका नाकामा कडाइ

धनगढी- सुदूरपश्चिम प्रदेशका सीमा नाकामा कडाइ गरिएको छ । भारतसँग जोडिएका कैलालीको त्रिनगर, खक्रौला, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाकामा चेकजाँचमा कडाइ गरिएको हो । शंकास्पद व्यक्ति र समूह अवैध रूपमा नेपाल प्रवेश गरिरहेको सूचनाका आधारमा मुख्य नाका र अन्य खुला सिमाना क्षेत्रमा पनि निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्।

Ganyapdhura gau

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्ति र समूह अवैध तरिकाले जिल्लामा प्रवेश गर्नसक्ने सूचना आएको हुँदा निगरानी बढाइएको जानकारी दिए । ‘सीमावर्ती क्षेत्रमा सुरक्षा निकायबाट चेकजाँचमा कडाइ गरिएको छ,’ रेग्मीले भने, ‘शंकास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायहरूमा जानकारी गराउन अनुरोध पनि गरेका छौँ । परिचय नखुलेका त्यस्ता अपरिचित व्यक्ति, समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास नगराउन पनि आग्रह गरेका छौँ ।’

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

प्रमुख जिल्ला अधिकारी रेग्मीले अवैध रूपमा प्रवेश गरेका व्यक्तिलाई कुनै कामकाजमा नलगाउन पनि आग्रह गरिएको जानकारी दिए । भारतसँग जोडिएको कैलालीको एक सय एक किलोमिटर क्षेत्रमै निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतमा अवैध रूपमा बस्दै आएका केही रोहिंग्या समुदायका व्यक्ति नेपाल प्रवेश गरिसकेका छन् । 

म्यानमारहुँदै भारतमा अवैध रूपमा बसिरहेका राज्यविहीन व्यक्तिलाई रोहिंग्या शरणार्थी भनिन्छ । उता कञ्चनपुरको गड्डाचौकी नाकामा पनि निगरानी बढाइएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले गड्डाचौकी नाका र अन्य खुला सीमा क्षेत्रमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती बढाएको जानकारी दिए ।

कञ्चनपुरमा भारतसँग जोडिएको सीमा क्षेत्र एक सय २९ किलोमिटर छ । दार्चुला र बैतडीका सीमा नाकामा पनि सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् । दुवै नाकामा आवतजावका लागि परिचयपत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् । भारतमा अहिले मतदाता शुद्धीकरणका लागि स्पेसल इन्टेन्सिभ रिभिसन कार्यक्रम सञ्चालन भइरहेको हुँदा त्यहाँ अवैध रूपमा बसिरहेका व्यक्तिहरू नेपाल प्रवेश गर्न थालेको सुरक्षा अधिकारीहरू बताउँछन् । 

१५ गते गृहमन्त्री ओमप्रकाश अर्यालले सुदूरपश्चिमका दुई मुख्य नाका त्रिनगर र गड्डाचौकी निरीक्षण गरेका थिए । सो क्रममा उनले नाकामा भइरहेको आवतजावतका विषयमा जानकारी लिएका थिए । अवैध व्यक्तिको प्रवेश रोक्न नाकामै चेकजाँच गर्ने मेसिन राख्न सकिने सम्भावनाबारे पनि गृहमन्त्री अर्यालले चासो राखेका थिए ।

Couple
Loading...