डडेल्धुरा- डडेल्धुरा जिल्लामा चार नयाँ मतदानस्थल थप्न सिफारिस गरिएको छ। हाल १३९ मतदानस्थल रहेको डडेल्धुरामा यसपटक एउटा पुरानो मतदानस्थल हटाई चार नयाँ स्थल प्रस्ताव गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।




२०७९ सालको निर्वाचनमा जिल्लामा १३९ मतदान केन्द्र र १०१ मतदान स्थल रहेका थिए । यसपटक संरचना र पहुँचका आधारमा आवश्यक परिमार्जन गर्दै नयाँ मतदानस्थल प्रस्ताव निर्वाचन आयोगमा पठाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत करुणाकर अवस्थीले बताए ।


उनका अनुसार अजयमेरु गाउँपालिका–६ स्थित देवल मावि देवलदिव्यपुरमा रहेको पुरानो मतदानस्थल हटाई भूमिराज आवि पिपलचौतारा तथा डागेश्वरी आवि कानाकोटमा नयाँ मतदानस्थल राख्ने तयारी गरिएको छ ।
त्यस्तै नवदुर्गा गाउँपालिका–५ को भूमिराज आवि चौरबान्नीमा एक थप मतदानस्थल र गन्यापधुरा गाउँपालिका–१ को अशिग्राम आवि राउनाकोटमा अर्को नयाँ मतदानस्थल स्थापना गर्न सिफारिस गरिएको छ ।




