चरेश मुद्दामा फरार एक महिला पक्राउ 

बैतडी- चरेश मुद्दामा फरार बैतडीकी एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–४ धौलकाडा बस्ने ३५ वर्षकी भावना धामी रहेकी छिन्। जिल्ला अदालत बैतडीको फैसलाले लागूऔषध (चरेश) मुद्दामा १ वर्ष ७ महिना ६ दिन कैद सजाय र १५ हजार जरिवाना तोकेपछि धामी फरार रहेकी थिइन्। धामीलाई अस्थायी प्रहरी पोष्ट धौनाखोली, बैतडीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...