धनगढी- कैलालीको धनगढी र टीकापुरबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका सामान बरामद गरिएको छ । धनगढी उप–महानगरपालिका–९ बङ्ग्राकटान र टिकापुर नगरपालिका–७ मोहना नदी किनार क्षेत्रबाट प्रहरीले सामान फेला पारेको हो ।




जिल्ला प्रहरी कार्यालय कैलाली मातहत खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका तीन लाख १८ हजार मूल्य बराबरका सामानहरू नियन्त्रणमा लिएको जनाएको छ।


बरामद गरिएका वस्तुहरूमा सुर्ती, स्पिकर, मोबिल, फलामको रड र नट लगायत छन्। ती सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।




