सुदुरपश्मि प्रदेश स्तरीय विज्ञान प्रदर्शनीः डडेल्धुरा प्रथम

हरिश चन्द/डडेल्धुरा २१ कार्तिक- सुदुरपश्मि प्रदेश स्तरीय विज्ञान प्रदर्शनी आज सम्पन्न भएको छ । शुक्रवार खलंगा स्थित श्री महेन्द्र माध्यमिक विद्यालय खलंगा ५ को आयोजना विज्ञान तथा प्रविधि प्रदर्शनी गरिएको हो ।

Navadurga sun

विद्यालयको प्राङ्गणमा भएको प्रतियोगितामा शुदुरपश्चिम प्रदेश स्तरीय भित्र रहेका विज्ञान प्रबद्र्धन कार्यक्रम लागु भएका सु.प.का ९ जिल्लाका जम्मा १२ वटा विद्यालय मध्ये ९ वटा विद्यालयको सहभागिता रहेको थियो  ।

प्रदर्शनी कार्यक्रममा ९ वटा जिल्लाका विद्यालयहरू सहभागी भएका थिए । प्रदर्शनीमा प्रदेशका ३ विद्यालय भने अनुपस्थित रहे । विज्ञानको प्रयोगात्मक प्रदर्शनीमा  प्रदेश अन्तरगत आएका ९ जिल्लाका ९ विद्यालयहरूको उपस्थिति रहेको थियो । प्रदर्शनीमा प्रदेशका अछाम,बझाङ र डोटी  जिल्लाका विद्यालय भने उपस्थित भएका थिएनन् ।

श्री महेन्द्र माध्यमिक विद्यालयले खलंगाले प्रदेशका ९ मध्ये जिल्लाका ८ विद्यालयलाई पाखा लगाउँदै प्रथम स्थान हात पार्न सफल भएको हो । सो विद्यालयका विद्यार्थिले तयार परेको एडभन्स सुदुरपश्चमको परिकल्पना प्रस्तुतिकरण गरेको थियो । निर्णायक मण्डलले स्थानीय सामग्रीको उपलब्धता, आर्थिक व्ययभार, प्रस्तुतीकरण, प्रभावकारिता लगायतका विषय निर्धारण गरी उनीहरूको प्रस्तुतिको मापन गरेका थिए ।

विज्ञान प्रदर्शनीले एक अर्का विद्यालयले गरेको कामको अनुभव सिकाई आदान प्रदान हुने भएको हुँदा यसले पढाइमा पनि थप सजिलो बनाउने महेन्द्र माध्यमिक द्यिालय का प्रध्यानाध्यापक सुरेन्द्र ऐरले बताउनुभयो  । 

प्रदर्शनीमा दुर्गा लक्ष्मी  माध्यमिक विद्यालय अत्तरिया कैलालीले दोस्रो स्थान हात पार्न सफल भएको छ । प्रदर्शनीमा महेन्द्र नमुना माध्यमिक विद्यालय महेन्द्रनगर  तेस्रो भएको थियो । त्यस्तै प्रदर्शनीमा श्री भानोदय माध्यमिक विद्यालय बाजुरा  सान्त्वना स्थान हासिल गरेको थियो ।

प्रदर्शनीमा प्रथम हुने महेन्द्र माध्यमिक विद्यालयले खलंगो २० हजार रुपैयाँ, दोस्रो हुने दुर्गा लक्ष्मी  माध्यमिक विद्यालय अत्तरिया कैलालीले १५ हजार रुपैयाँ, तेस्रो हुने महेन्द्र नमुना माध्यमिक विद्यालय महेन्द्रनगरे १० हजार रुपैयाँ र सान्त्वना हुने श्री भानोदय माध्यमिक विद्यालय बाजुरा  ५ हजार रुपैयाँ नगद सिहत प्रमाण पत्र प्राप्त गरिएको थियो  ।

ADD Khali jpg
ADD Khali jpg
Loading...