विपिन जोशीको शव भोलि दिउँसो नेपाल ल्याइने, तेल अभिभमा गरियो बिदाइ

काठमाडौं- गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको शव भोलि दिउँसो नेपाल ल्याइने भएको छ ।

जोशीको शव फ्लाइ दुबईको उडानमार्फत् भोलि दिउँसो २:३५ बजे काठमाडौं आईपुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । उहाँका अनुसार, पार्थिव शरीरको सम्मानपूर्वक व्यवस्थापन र स्थानान्तरणका लागि विमानस्थलमा सम्पूर्ण तयारी पूरा गरिएको छ।

Navadurga sun

जोशीको पार्थिव शरीरलाई नेपाली सेनाको विमानमार्फत धनगढी विमानस्थल पुर्‍याइनेछ। त्यसपछि सेनाले धनगढीबाट एम्बुलेन्सद्वारा महेन्द्रनगर लैजाने र परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने तय गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली सेनाको नं. १४ बाहिनी मुख्यालयमा पुग्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरू, उच्च प्रशासकहरू, नेपाली सेना तथा प्रहरीका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुने सरकारी अधिकारीहरूले जनाएका छन् । आजै इजरायलको तेल अभिभमा आयोजित एक कार्यक्रमका बीच विपिनलाई अन्तिम श्रद्धाञ्जली दिई बिदाइ गरिएको छ । कार्यक्रममा इजरायली अधिकारी, नेपाली कूटनीतिज्ञ तथा नेपाली समुदायका प्रतिनिधिहरूले जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

परिवार स्रोतका अनुसार जोशीको शव सोमबार काठमाडौं आइपुग्नेछ र त्यसपछि उनको गृह नगरमा अन्त्येष्टि गरिनेछ। विपिनलाई हमासले ७ अक्टोबर २०२३ मा बन्धक बनाएको थियो। हमासले इजरायली सेनाको हवाई आक्रमणमा विपिनको मृत्यु भएको दाबी गर्दै आएको छ। गत सोमबार हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...