कैलाली प्रशासनले धानको समर्थन मूल्य कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ।

प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै नेपाल सरकारले तोकेको समर्थन मूल्य तत्काल लागू गर्न आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा जारी सूचनामा भनिएको छ, “जिल्लामा स्थानीय रैथाने बाली प्रवर्द्धन तथा संरक्षण गर्न र स्थानीय कृषकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ साउन २६ गतेको निर्णय अनुसार धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हुँदा सम्पूर्ण कृषक दाजुभाइ, दिदीबहिनी तथा सरोकारवाला एवं उद्योगी–व्यापारीहरूले आवश्यक सहयोग गर्नुहोला।”

Navadurga sun

सूचनामा कैलाली जिल्लाका सबै स्थानीय तहका कार्यपालिकाको कार्यालयलाई नेपाल सरकारको निर्णय आफ्नो क्षेत्रभित्र कार्यान्वयन गर्न र गराउन विशेष अनुरोध गरिएको छ।

नेपाल सरकारले साउन २६ गतेको मन्त्रिपरिषद् बैठकमार्फत धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो। सरकारले तोकेको मूल्यअनुसार

  • मोटा धानको मूल्य प्रति मुरी ३ हजार ४६३ रुपैयाँ ८१ पैसा

  • मध्यम धानको मूल्य प्रति मुरी ३ हजार ६२८ रुपैयाँ ३३ पैसा
    राखिएको छ।

प्रशासनले उक्त निर्णय कार्यान्वयनबाट कृषकलाई उचित मूल्य प्राप्त हुने र स्थानीय उत्पादनको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...