धनगढीको एक पसलबाट पाँच लाख नगद र सामान चोरी

धनगढी- धनगढीको एक पसलमा चोरी भएको छ। धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली मार्गमा रहेको चौधरी हार्डवयर एण्ड सप्लायर्समा शुक्रवार राति चोरी भएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीले पाँच लाख रुपैयाँ नगद र सोही बराबरको सामान चोरी गरिएको बताएको छ।

Navadurga sun

जस्ता पाताले छाएको पसलको छानोबाट गोदाममा पसेर चोरी गरिएको चौधरी हार्डवयरका प्रबन्ध निर्देशक जयप्रकाश चौधरीले बताए। नगद पाँच लाखसहित ठुलो परिमाणमा महत्वपूर्ण सामान चोरी भएको उनले बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...