दोदा नदी बाढी पीडितका लागि लालझाडीमा सुरक्षित आवास निर्माण थालनी

कञ्चनपुर- यहाँको लालझाडी गाउँपालिका–२ कञ्जमा बाढी प्रभावित समुदायका लागि सुरक्षित आवास (सेफ हाउस) निर्माण गरिने भएको छ। गाउँपालिका र ‘पेशवान’ नामक गैरसरकारी संस्थाको संयुक्त लगानीमा सुरक्षित आवास निर्माण सुरु गरिएको हो।गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार ५९ लाखमा ठेक्का प्रक्रियामार्फत सुरक्षित आवास भवन निर्माण सुरु गरिएको छ।

Dadeldhura hospital

“समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमअन्तर्गत निर्माण भइरहेको सुरक्षित आवासका लागि गाउँपालिकाले पाँच लाख लगानी गरेको छ”, अध्यक्ष रानाले भने, “बाँकी रकम संस्थाले व्यहोरेको छ।”

Navadurga sun
Godawari sandesh

दोदा नदीको बाढी प्रभावित बासिन्दालाई सुरक्षित आवासमा खाद्यान्न तथा अतिआवश्यक सामग्री भण्डारण गर्ने, बालबालिका, वृद्ध, असक्त, अपाङ्गता भएका व्यक्ति र महिलालाई सुरक्षित बसोबास गर्न सहज होस् भन्ने उद्देश्यले आवास निर्माण गरिएको पेशवानका प्राविधिक जनक लेखकले बताए। उनका अनुसार सो भवनमा सामुदायिक विपद् व्यवस्थापन समितिले छलफल, बैठक तथा तालिमका कार्यक्रम सञ्चालन गर्न पनि सहज हुनेछ।

यसैगरी, पुनर्नवास नगरपालिका–५ रातोताल सिम्रीमा पनि पालिकासँगको सहकार्यमा ४६ लाख लागतमा अर्को दुईतले सुरक्षित आवास निर्माण अगाडि बढाइएको छ । रासस

Loading...