सुनको मूल्य २ लाख ५० हजार कट्यो

स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई लाख ५० हजार रूपैयाँ नाघेको छ। बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला दुई हजार रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Dadeldhura hospital

बुधबार दुई लाख ४८ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार दुई लाख ५० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ३५ रूपैयाँले बढेको छ।

Navadurga sun
Godawari sandesh

बुधबार तीन हजार दुई ४० रूपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार तीन हजार दुई सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय २५  अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Loading...