सुदूरपश्चिमका मन्त्रालयहरू पुनः सञ्चालनमा, क्षतिग्रस्त भवनहरूको मर्मत सुरु

अत्तरिया- जेनजी प्रदर्शनकारीद्वारा गरिएको आगजनी र तोडफोडपछि अस्तव्यस्त बनेका सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरूले पुनः सेवा सञ्चालन सुरु गरेका छन्।

Ganyapdhura gau

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी (उपसचिव) जगदीश जोशीका अनुसार सरसफाइ र आवश्यक मर्मतसम्भारपछि मन्त्रालयहरूबाट सेवा प्रवाह सुरु गरिएको हो।

Navadurga sun
Dadhaldhura pur

उनका अनुसार भदौ २४ गते जेनजी आन्दोलनकारीहरूले प्रदेश सभा भवन, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, र सामाजिक विकास मन्त्रालयलगायतका विभिन्न कार्यालयमा क्षति पुर्‍याएका थिए।

जोशीले बताए अनुसार, कम क्षति भएका मन्त्रालयहरूमा सरसफाइ र मर्मतपछि कामकाज सुचारु गरिएको छ भने बढी क्षति भएका भौतिक पूर्वाधार विकास र आर्थिक मामिला मन्त्रालयका काम वैकल्पिक भवनबाट सञ्चालन भइरहेको छ।

सबैभन्दा बढी क्षति पुगेको प्रदेश सभा भवन भने हालसम्म सञ्चालनमा आउन सकेको छैन। उक्त भवनको मर्मतका लागि छलफल जारी रहेको र सम्भवतः तिहारपछि कामकाज सुरु हुने जानकारी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले दिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...