कैलालीको अत्तरियामा युवकमाथि चक्कु प्रहार गर्ने घट्नामा संलग्न १० जना पक्राउ

Navadurga sun

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-४ को शुभम होटलमा खाना खाइरहेका बेला डडेल्धुराका गौरव ऐरमाथि चक्कु प्रहार गरेको घटनामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले भारततर्फ भागिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-२ का सन्नी नेपालीसहितका १० जनालाई गएराती पक्राउ गरेको हो ।

उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । भारततर्फ भाग्दै गरेका उनीहरूलाई सीमा नाका नजिकैबाट पक्राउ गरिएको थियोे । पक्राउ परेका १० जना नै भारततर्फ भागिरहेका थिए ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ का ३२ वर्षीय ऐरमाथि आइतबार राति चक्कु प्रहार गरिएको थियो । उनलाई उपचारका लागि भारत लगिएको छ ।

Loading...