कञ्चनपुरको विभिन्न स्थानबाट तीन लाख मूल्यको सामान बरामद

Navadurga sun

कञ्चनपुर- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । आइतवार प्रहरीले तीन लाख ११ हजार ८१० रुपैयाँ बराबरको भन्सार छलीको विभिन्न सामान बरामद गरेको हो ।

गस्तीको क्रममा भीमदत्त गरपालिका वडा नम्बर ४ गोबरिया, भीमदत्त-१० सुकासाल, बेलौरी-६ भुराकोट र कृष्णपुर-५ गुलरियाबाट भन्सार छलेर ल्याएको साइकलको पार्टपुर्जा, फोटोफ्रेम, मलखाद, कमरबेल्ट, कपडा, जुत्ता र चप्पललगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

Loading...