शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्य अगाडि बढाइएको छ : नगर प्रमुख ओझा

कञ्चनपुर- कृष्णपुर नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्य अगाडि बढाएको छ । आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यार्थीको सफलता दर वृद्धि र विद्यालय शिक्षाको समग्र गुणस्तर सुधार गर्न आवश्यक अगाडि बढाइएको हो ।

Ganyapdhura gau

नगरप्रमुख हेमराज ओझाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्य अगाडि बढाइएको बताए । उनले भने, “एसइई परीक्षामा कुनै विद्यार्थी पछि नपरोस्, प्रत्येक विद्यालय सफलताको केन्द्र बनोस् र कृष्णपुर नगरपालिका शिक्षामा उदाहरणीय बनोस् भन्ने ध्येयले पढाइलाई गुणस्तरीय बनाउन लागेका छौँ ।”

Navadurga sun
Dadhaldhura pur

नगर क्षेत्रभित्रका १३ माविका प्रधानाध्यापकहरूसँग शिक्षाको गुणस्तर सुधार गरी एसइईमा उत्कृष्ट नतिजा हासिल गर्नका लागि छलफल गरिएको उनले बताए । उनका अनुसार नगरपालिकाले विद्यालय शिक्षाको मूल्याङ्कन प्रणाली सुधार, प्राविधिक शिक्षण प्रविधिको उपयोग र विद्यार्थीको सिकाइ मूल्याङ्कनमा नवीनतम् विधि अपनाउन प्रध्यानाअध्यापकहरूसँग छलफल गरिएको छ । 

शिक्षा शाखा प्रमुख गणेशबहादुर चन्दले विद्यालयको सिकाइ परिणाम सुधार गर्न शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताए । उनले विद्यालयमा नियमित अनुगमन, अतिरिक्त कक्षा सञ्चालन र अभिभावक सचेतना कार्यक्रम सञ्चालनका योजना अघि सारिएको बताए ।

विद्यालयका प्रधानाध्यापकहरूले विद्यालय शिक्षा सुधार गर्न अपनाउनुपर्ने शिक्षण विधिसहित भौतिक पूर्वाधारको अवस्था, शैक्षिक सामग्रीको व्यवस्था गर्न नगरप्रमुखसँग आग्रह गरेका थिए । नगरपालिकाले विद्यालयहरूमा डिजिटल शिक्षण विधि, शिक्षक क्षमता विकास तालिम र विद्यार्थी प्रेरणालगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

एसइई परीक्षामात्र नभएर आधारभूत तहदेखि माध्यमिक तहसम्मको समग्र शिक्षा प्रणालीमा सुधार गर्दै गुणस्तर कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै नगरप्रमुख ओझाले नगरका सबै विद्यालयमा आधारभूत पूर्वाधार र सिकाइ सामग्री उपलब्ध गराउने योजना रहेको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...