हमासले छाड्न लागेका २० जनाको सूचीमा छैन विपिन जोशीको नाम

काठमाडौँ- इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ। तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन। 

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिए। उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरू सबै इजरायली नागरिकहरू छन्।

Navadurga sun

अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए। यससँगै नेपालका विपीन जोशी पनि रिहाइ हुने आश गरिएको थियो। राजदूत पण्डितले भने जोशीको अवस्था अझै अज्ञात रहेको बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...