कञ्चनपुर- कञ्चनपुर कृष्णपुर नगरपालिका २ मा रहेको श्री जे.बी. एकेडेमीले हिन्दूहरूको महान चाड विजयादशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा अभिभावकहरूका लागि आकर्षक बम्पर उपहार योजना सार्वजनिक गरेको छ । विद्यालयले २०८२ सालको सम्पूर्ण शुल्क चुक्ता गर्ने अभिभावकलाई रू. १ लाख बराबरको नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।


विद्यालयले जनाए अनुसार, यो उपहार राशी सोह्रौँ वार्षिकोत्सवको भव्य समारोहमा “गोलाप्रथा” (लक्की ड्र) मार्फत चयन गरिनेछ। २०८२ साल बैशाख १ गतेदेखि वार्षिकोत्सवको दिनसम्म शुल्क चुक्ता गरेका अभिभावकहरूलाई उक्त कार्यक्रममा सहभागी गराइनेछ ।
वार्षिकोत्सवका दिन सबै योग्य अभिभावकहरूको नाम गोलाप्रथामा समावेश गरिनेछ । त्यसक्रममा निकालिने भाग्यशाली चिट्ठा परेका अभिभावकले रू. १,००,००० (एक लाख रूपैयाँ) बराबरको बम्पर पुरस्कार जित्ने अवसर पाउनेछन् । पुरस्कार रकम एक जनालाई सम्पूर्णरूपमा दिने कि धेरैजनामा बाँड्ने भन्ने विषय भने शुल्क चुक्ता गरेका अभिभावकहरूको बैठकले निर्णय गर्नेछ ।
विद्यालयका संस्थापक तथा प्रिन्सिपल जगदीश सेटीका अनुसार, यो आकर्षक उपहार योजना २०८१ सालबाट सुरू गरिएको हो र यसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने योजना विद्यालयको छ ।
पि.टि.ए. अध्यक्ष मानबहादुर थापाले भने, “यस कार्यक्रमले अभिभावकहरूलाई समयमै शुल्क तिर्न प्रेरित गरेको छ, जसले विद्यालयको शैक्षिक अनुशासनलाई थप मजबुत बनाएको छ ।”
विद्यालयका विद्यार्थीका अभिभावकहरू पुरस्कारका लागि अत्यन्त उत्साहित देखिएका छन् । शुल्क तिर्नुपर्ने दायित्व पूरा गर्दै पुरस्कारको मौका पाउने अवसरले उनीहरूमा हर्ष र प्रतिस्पर्धा दुवै सिर्जना गरेको छ ।