सुदूरपश्चिमबाट प्रहरीका गाडी काठमाण्डौं पठाइयो

धनगढी- सुदूरपश्चिमबाट प्रहरीले ११ वटा गाडी प्रहरी प्रधान कार्यालय काठमाण्डौं पठाइएको छ ।

जेन–जी आन्दोलनका क्रममा प्रहरीका सयौं सवारीसाधनमाथि आगजनी भएपछि हेडक्वाटरले प्रदेश प्रहरीलाई गाडी पठाउन निर्देशन दिएको थियो ।

सोहि निर्देशन अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका ११ गाडी पठाइएको प्रदेश प्रमुख डिआईजी डम्बर बिकले बताए । उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र मातहतका विभिन्न युनिटले सञ्चालन गर्दै आएका ११ वटा गाडी पठाइएको बताए ।

Loading...