सुदूरपश्चिम सरकारले मनसुन कार्ययोजना नबनाएर लापरबाही गरेको आरोप

धनगढी-  प्रत्येक वर्ष मनसुनजन्य विपत्तिको सामना गर्दै आएको सुदूरपश्चिम प्रदेश सरकारले यस वर्षको मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना (एमपिआरपी) नबनाएर लापरबाही गरेको आरोप लागेको छ । मौसम विज्ञ धर्मराज उप्रेतीले मनसुन सुरु हुनु अघि नै तयार हुनुपर्ने यो योजना मनसुन सुदूरपश्चिमबाट बाहिरिँदासम्म पनि नबनाएको जनाउँदै प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

उनका अनुसार हरेक वर्ष मनसुन अवधिमा हुन सक्ने जनधनको क्षति न्यूनीकरण, खोज, उद्धार र व्यवस्थापनका कार्य यस्तै कार्ययोजनाको आधारमा गरिन्छ । “यो कार्ययोजना नबनाउनु भनेको जनतालाई उल्टै विपत्तिमा धकेल्नु हो,” उप्रेतीले भने ।

Navadurga sun

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं उपसचिव आमोद दाहालका अनुसार कार्ययोजना तयार गरिएको भए पनि त्यसमा संशोधन आवश्यक परेकाले पास हुन नसकेको हो । “सुरुमा बनेको योजना प्रारम्भिक मनसुनको अवस्थालाई ध्यानमा राखेर तयार गरिएको थियो, तर पछि मनसुनको स्वरूप परिवर्तन भएपछि संशोधन आवश्यक पर्‍यो,” उनले बताए ।

तर विषयगत मन्त्रालयका सचिवहरूबीच फरक धारणा आएको कारण कार्यकारी समितिबाट कार्ययोजना पारित हुन नसकेको जनाइएको छ। समितिको अध्यक्षसमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले भने यस विषयमा आफू अनविज्ञ रहेको प्रतिक्रिया दिएका छन् ।

विपद् व्यवस्थापनका विज्ञहरूले भने मनसुन अवधिभर कार्ययोजना नबनाउनु प्रदेश सरकारको गम्भीर त्रुटि भएको भन्दै भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन आग्रह गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...