हमासले बन्धक बनाएका विपिन जोशी बोलिरहेको भिडिओ सार्वजनिक

इजरायल- इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ।

यो भिडियो इजरायली सेनाले युद्धका दौरान प्राप्त सामग्री (IDF spoils) मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको छ।

Navadurga sun

विपिन जोशीको परिवारले विज्ञप्ति जारी गर्दै भनेका छन्, त्यो भयानक हत्याकाण्डको दुई वर्ष पुगेको दिन, जसले हजारौं परिवारलाई शोकमा डुबायो र हाम्रो समय रोकेर राख्यो, हामीले हाम्रो प्रिय छोराको जीवनको संकेत साझा गर्ने निर्णय गरेका छौं। यो हाम्रो लागि ठूलो आस्था र आशाको आधार हो ।

२०२३ अक्टोबरमा इजरायलमा कार्यरत विपिन जोशीलाई एक अज्ञात किब्बुत्जबाट जबरजस्ती अपहरण गरिएको थियो। सो दिन उनका १० जना साथीहरू मारिएका थिए, जसले नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको थियो।

परिवारले जनाएको छ, दुई वर्षसम्म हामीले कल्पनासमेत गर्न सकेनौं कि विपिन गाजाको सुरुङभित्र अपहृत अवस्थामा छन्। तर अब त्यो कल्पना होइन, वास्तविकता हो। भिडियोमा देखिएको जीवनको संकेतले हामीमा विश्वास जगाएको छ कि उनी अझै जिउँदा छन्।

उक्त भिडियो केही महिनासम्म सेनाको गोप्य निगरानी अन्तर्गत राखिएको थियो र हालमात्र सार्वजनिक गर्न अनुमति प्राप्त भएको परिवारले बताएको छ। परिवारले राजनीतिक नेतृत्व र सम्बन्धित निकायहरूसँग अपील गर्दै भनेका छन्, यी निर्णायक र ऐतिहासिक दिनहरूमा कुनै पनि राजनीतिक पक्षले हार नमानोस्। बाँकी रहेका सबै ४८ जना अपहृतहरूलाई घर फर्काइयोस्। हामीले आशा गुमाएका छैनौं।

ADD Khali jpg
ADD Khali jpg
Loading...