दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्नातक तहमा भर्ना खुला, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा

अत्तरिया- सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको आंगिक संस्था दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, कैलाली ले शैक्षिक सत्र २०८२/०८३ का लागि विभिन्न स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला गरेको छ ।

क्याम्पसले प्रकाशित सूचनाअनुसार, क्याम्पसले सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय शिक्षा र उत्कृष्ट परीक्षाफल प्रदान गर्दै आएको छ र यस वर्ष पनि न्यूनतम शुल्कमा सीमित सिटमा भर्ना खुला गरेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

क्याम्पसले यस वर्ष BBA, BIT, BCA, CSITE, BBS, B.Ed.B.A. कार्यक्रमहरूमा भर्ना खुला गरेको छ । प्रवेश परीक्षाका लागि आवेदन फाराम २०८२ श्रावण २१ गतेदेखि वितरण भइरहेको क्याम्पसले जनाएको छ ।

भर्ना कार्यक्रम

कार्यक्रम फारम बुझाउने अन्तिम मिति प्रवेश परीक्षा मिति कक्षा सञ्चालन मिति
BIT कार्तिक १४ गतेसम्म कार्तिक १५ गते दिउँसो १:०० बजे कार्तिक २४ गतेदेखि
CSITE कार्तिक १३ गतेसम्म कार्तिक १५ गते दिउँसो १:०० बजे कार्तिक २४ गतेदेखि
BBA कार्तिक १३ गतेसम्म कार्तिक १५ गते बिहान ११:०० बजे कार्तिक २४ गतेदेखि
BCA कार्तिक १४ गतेसम्म कार्तिक १५ गते बिहान १०:०० बजे कार्तिक २४ गतेदेखि
B.A. कार्तिक १४ गतेसम्म कार्तिक १५ गते बिहान १०:०० बजे कार्तिक २४ गतेदेखि
B.Ed. कार्तिक १३ गतेसम्म कार्तिक १५ गते दिउँसो १:०० बजे कार्तिक २४ गतेदेखि
BBS कार्तिक १४ गतेसम्म कार्तिक १५ गते बिहान ८:०० बजे कार्तिक २४ गतेदेखि

 

प्रवेश परीक्षाको नतिजासगै भर्ना मिति प्रकाशित गरिनेछ ।

विषयहरू

B.Ed. कार्यक्रम अन्तर्गत उपलब्ध विषयहरू:

  • English Education

  • Health Education

  • Nepali Education

  • Mathematics Education

B.A. कार्यक्रम अन्तर्गत:

  • English

  • Economics

  • Nepali

  • Sociology

  • Development Studies

  • Public Administration and Leadership

क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐर का अनुसार, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले “Quality Education is our Commitment” भन्ने नारा अनुसार शिक्षाको गुणस्तरमा निरन्तर सुधार गर्दै आएको छ ।

उनले भने, “हाम्रो क्याम्पसले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीपमा आधारित शिक्षाको वातावरण उपलब्ध गराउँदै आएको छ । प्रदेशमै उत्कृष्ट नतिजा र न्यूनतम शुल्क हाम्रो विशेषता हो ।”

क्याम्पसले विद्यार्थीहरूका लागि आधुनिक प्रयोगशाला, अनुभवी शिक्षकमण्डल, र विद्यार्थीमैत्री वातावरण उपलब्ध गराउने बताएको छ ।

 क्याम्पस कार्यालय : ०९१–५५०३८३,  CSITE, B.Ed. : ९८४८४२३७१७,  BCA, B.A. : ९८५८४२३५२८, BBA, BBS : ९८४८४२३१९७, BIT : ९८६५९१०७२२ मा सम्पर्क गर्न सकिने क्याम्पसले सूचना मार्फत जनाएको छ ।

Loading...