डोटीमा प्रहरीलाई ठक्कर दिने बस चालक पक्राउ

डोटी- डोटीमा प्रहरीलाई ठक्कर दिने बस चालक पक्राउ परेका छन्। डोटीको शिखर नगरपालिकामा प्रहरी जवान शंकर बलायरलाई ठक्कर दिएको बस चालक पक्राउ परेका हुन। जिल्ला प्रहरी कार्यालय डोटीले ठक्कर दिएर फरार रहेका बस चालकलाई सोमवार पक्राउ गरेको जनाएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

शिखर नगरपालिका–८ तिलताली घर भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान शंकर बलायर असोज १७ मध्यराति १२ः१५ बजेतिर मृत भेटिएका थिए।

Navadurga sun
Godawari sandesh

प्रहरीको अनुसन्धानले मध्यराति बसले ठक्कर दिएर बलायरको मृत्यु भएको जनाएको छ। बलायरलाई ठक्कर दिएर चालक बससहित फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र नेपालले पक्राउ परेकालाई केही दिनमै आधिकारिक रूपमा सार्वजनिक गरिने बताएका छन। पक्राउ परेका व्यक्तिले कसुर स्वीकार गरिसकेको डोटी प्रहरीले जनाएको छ।

Couple
Loading...