कैलालीको बाह्रवन साझेदारी वनमा १२ वर्षअघिको काठ अझै बिक्री हुन सकेन, हजारौँ क्युफिट काठ वनमै कुहिँदै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–११ मा अवस्थित बाह्रवन साझेदारी वनमा करिब १२ वर्षअघि काटिएको काठ अझै पनि बिक्री हुन सकेको छैन ।आर्थिक वर्ष २०७१/०७२ मा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत गरिएको काठ कटानीपछिको काठ बिक्री नहुँदा अहिले वनमै कुहिँदै गएको छ ।

Ganyapdhura gau

वन समितिका अध्यक्ष वीरबहादुर चोखालका अनुसार सुरुमा ‘ए’ र ‘बी’ ग्रेडका काठ तत्कालै बिक्री भए पनि ‘सी’ र ‘डी’ ग्रेडका काठ वर्षौंदेखि थन्किएका छन् । बोलपत्र (टेंडर) आह्वान गर्दा पनि ठेकेदारहरूले चासो नदेखाएकाले काठ बिक्री हुन सकेको छैन । उनले भने, “अध्यक्ष भएपछि वनमा गएर हेर्दा धेरैजसो काठ कुहिएर माटो बनेको पाइयो, कतिपय ठाउँमा त माटो पनि हराइसकेको छ ।”

Navadurga sun

समितिका अनुसार अहिले करिब १३ हजार क्युफिट कुकाठ र १२–१३ हजार क्युफिट सालको काठ बिग्रिएको छ । यी काठ अब दाउरा बनाएर पनि प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् । सुरुमा बाह्रवन साझेदारी वनमा करीब २७ हजार क्युफिट काठ रहेको सूची दर्ता गरिएको थियो ।

Dadhaldhura pur

वन ऐनअनुसार लिलामपछि बिक्री हुन नसकेको काठ पुनः मूल्याङ्कन र ग्रेडिङ गर्नका लागि ७ देखि १० वर्ष पर्खिनुपर्ने व्यवस्था छ । सोही कानुनी जटिलताका कारण काठ बिक्री प्रक्रिया अघि बढ्न सकेको छैन। हाल ‘सी’ ग्रेड काठको मूल्य प्रति क्युफिट ९ सय रुपैयाँ र ‘डी’ ग्रेडको ७ सय रुपैयाँ तोकिएको छ । तर पुनः ग्रेडिङपछि पनि अधिकांश काठ ‘डी’ ग्रेडमै सीमित रहँदा बिक्री सम्भावना अत्यन्त कम भएको छ ।

वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि बाह्रवन साझेदारी वनमा अनियमितता र भ्रष्टाचारका घटनाहरू पनि सार्वजनिक भएका थिए । सोही कारण सन् २०७५ सालमा प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले वनको अनुगमन गरेको थियो ।

बाह्रवन साझेदारी वन उपभोक्ता समूह, स्थानीय सरकार र नेपाल सरकारको संयुक्त साझेदारीमा सञ्चालित छ । तर दशकभन्दा बढी समयदेखि बिक्री हुन नसकेको काठ कुहिँदा राज्य र स्थानीय समुदाय दुवैले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ ।

बाह्रवन साझेदारी वनमा काठ बिक्री प्रक्रिया अड्किँदा हजारौँ क्युफिट काठ नष्ट भएको छ । कानुनी जटिलता, ठेकेदारहरूको उदासीनता र प्रशासनिक ढिलाइले गर्दा वनको स्रोत र आम्दानी दुवै नष्ट हुँदै गएको स्थानीयको भनाइ छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...