


धनगढी- कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।



धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट नजिक र टीकापुर नगरपालिका–९ ठोसे बजार नजिकबाट अवैंध रुपमा भारतबाट भन्सार छलीका गरि ल्याएका अन्दाजी ४ लाख ५ हजार ५६० मूल्य बराबरको सामान बरामद गरिएको हो ।


भन्सार छलीको सुटपिस, साडी, रङ्गोली, धोती, बच्चाको कपडा, झालर लाइट, पाइप लाइट, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।





