धनगढीबाट भन्सार छलीका सामान बरामद

धनगढी- धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका–१ शिवनगर र धनगढी उपमहानगरपालिका–२ मिलनचोक बाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ४२ हजार ३८० बराबरको सामान बरामद गरिएका हो । 

चिनी, धोती, कार्बन, बिडी, सुर्ती, मसला, सुप्पारी, किरानाका सामान, साइकल थान–३ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Loading...