कञ्चनपुरमा भारतीय अवरोधका कारण हुलाकी सडक निर्माण अलपत्र

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकामा भारतीय सीमा सुरक्षा बल (SSB) ले अवरोध गरेको कारण सात वर्षदेखि हुलाकी सडक कालोपत्रको काम अलपत्र परेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

स्थानीय सरकारले सडक निर्माण अघि बढाउन पटक–पटक प्रयास गर्दा पनि भारतीय पक्षले अन्तर्राष्ट्रिय मामिला भएको भन्दै रोक लगाइरहेको छ ।

Navadurga sun
Godawari sandesh

मेयर पोतीलाल चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरी केन्द्र सरकारबाट पहल गर्न आग्रह गरेका छन् । ठेकेदार कम्पनीले पनि निर्माणमा ढिलाइ गर्दा सडक अझ बिग्रिएको छ ।

अवरोध र ढिलाइका कारण स्थानीय क्षेत्रमा धुलो र अस्वच्छ वातावरणले स्वास्थ्य जोखिम बढाएको छ । नगरपालिकाले निर्माण कम्पनीलाई काम गराउन र योजनाहरू गुणस्तरीय रूपमा कार्यान्वयन गर्न कारबाहीको समेत माग गरेको छ ।

Couple
Loading...