बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा ४ सय बढी पशुको बलि

बैतडी- बैतडीका प्रसिद्ध शक्तिपीठ मध्येको निङ्गलाशैनी भगवती मन्दिरमा ४ सय बढी पशुको बली दिइएको छ।

Ganyapdhura gau

दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा मंगलबार लागेको जात्रामा २६० रागा र १ सय ५० बढी बोकाको बली दिइएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

निङ्गलाशैनी घटस्थापनाका दिनदेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा हिजोदेखि जात्रा सुरु भइ महाष्टमीका दिन बलिसहित जात्रा समापन भएको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए ।

निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ।

हरेक वर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ। निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौँ दर्शनार्थीहरू मन्दिरमा पुगेका थिए ।

Couple
Loading...