नेपालले वेस्ट इन्डिजलाई हराउँदै युनिटी कप सिरिज जित्यो

नेपालले लगातार दोस्रो जितसँगै युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिज आफ्नो पक्षमा पारेको छ। सोमबार यूएईको शारजाहमा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै तीन खेलको सिरिज २–० ले जितेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

पहिलो ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको चुनौतीपूर्ण योगफल बनायो। ओपनर आशिफ शेखले ६८ अविजित रनको अर्धशतकीय पारी खेले भने सन्दिप जोराले ६३ रनको आक्रामक योगदान दिए।

Navadurga sun
Godawari sandesh

लक्ष्य पछ्याउन उत्रिएको वेस्ट इन्डिज नेपाली बलिङसामु दबाबमा पर्‍यो। १७.१ ओभरमै सम्पूर्ण टोली ८३ रनमा समेटियो। लामो समयपछि टिममा फर्किएका मोहम्मद आदिल आलमले ४ विकेट लिए भने कुशल भुर्तेलले ३ विकेट झारे। अन्य बलर दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशीले समान १–१ विकेट हात पारे।

यसअघि शनिबार भएको पहिलो खेलमा पनि नेपालले १९ रनले जित हात पारेको थियो। अब सिरिजको तेस्रो तथा अन्तिम खेल मंगलबार शारजाहमै हुनेछ, जसले नेपाललाई शृङ्खला क्लीन–स्वीप गर्ने अवसर दिनेछ।

Couple
Loading...