ट्रम्पको युद्धविराम योजना लागू भए विपिनको अवस्था सार्वजनिक हुने

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–हमास युद्धविरामका लागि सार्वजनिक गरेको २० बुँदे योजना कार्यान्वयन भएमा गाजामा बन्दी बनाइएका नेपालका विपिन जोशीसहित सबै बन्दीहरूको अवस्था सार्वजनिक हुने भएको छ।

Ganyapdhura gau

ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सोमबार राति वासिङटनमा गाजा युद्धविरामका लागि सहमत भएका छन्। उनीहरूले सार्वजनिक गरेको विस्तृत योजनामा बन्दीहरूको रिहाइलाई प्राथमिकतामा राखिएको छ।

Navadurga sun
Godawari sandesh

बन्दी मुक्तिको शर्त

ट्रम्पको युद्धविराम योजनाको तेस्रो बुँदामा स्पष्ट भनिएको छ, ‘हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नुपर्नेछ ।’

यस सहमतिको अर्थ, यदि हमासले ट्रम्पको योजनालाई स्वीकार गरेमा गाजामा रहेका सबै बन्दीहरूको अवस्था तीन दिनभित्र ‘जिउँदा वा मृत’ जुन अवस्थामा भए पनि सार्वजनिक गरिनुपर्नेछ। यी बन्दीहरूमा नेपालका विपिन जोशी पनि रहेका छन् । उनलाई २०२३ अक्टोबर ७ को आक्रमणपछि हमासले बन्दी बनाएको थियो।

यसको बदलामा, इजरायलले २५० आजीवन कारावासी र १७०० अन्य कैदीहरूलाई मुक्त गर्नेछ। साथै, प्रत्येक मृत इजरायली बन्दीको सट्टा १५ गाजावासीको शव फिर्ता दिइने पाँचौँ बुँदामा उल्लेख छ।

हमासको ‘बिदाइ तस्वीर’ र बढ्दो दबाब

Dadeldhura hospital

गत असोज ४ गते हमासको सशस्त्र शाखाले गाजामा बन्दी बनाइएका ४८ जना इजरायली बन्दीहरूको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको थियो। उक्त संकलित तस्वीरमा नेपालका विपिन जोशीको तस्वीर पनि समावेश गरिएको थियो, जसले उनको अवस्थाबारे चिन्ता बढाएको थियो।

हमासले उक्त तस्वीर सार्वजनिक गर्दा इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणले बन्दीहरूको सुरक्षालाई खतरा पुर्‍याएको जिकिर गरेको थियो। ‘बिदाइ तस्वीर’ ले तत्काल आक्रमण रोक्न इजरायली सरकारमाथि दबाब बढाएको मानिएको थियो।

यस नयाँ युद्धविराम योजनाले हमासमाथि बन्दीहरूको तत्काल र पूर्ण जानकारी सार्वजनिक गर्न दबाब सिर्जना गर्नेछ ।

हमासको प्रतिक्रिया

पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले २० बुँदे योजना सार्वजनिक गर्दै गाजामा युद्ध रोक्ने, हमासका सबै हतियार हटाउने र अस्थाई प्रशासनिक बोर्ड गठन गर्ने प्रस्ताव राखेका छन्। ट्रम्पले यो बोर्डको अध्यक्षता स्वयं गर्नेछन्।

यद्यपि, हमासले भने आफूहरूलाई औपचारिक प्रस्ताव प्राप्त नभएको र हतियार नछाड्ने स्पष्ट पारिसकेको छ।

यसै सन्दर्भमा, ट्रम्पले कडा चेतावनी दिएका छन्, ‘यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिनेछ।’

इजरायली प्रधानमन्त्री नेतान्याहूले पनि हमासले नमानेको खण्डमा इजरायल आफैंले गाजामा शान्तिपूर्ण प्रशासन स्थापना गर्ने र हमासका सबै हतियार हटाउने बताएका छन्।

ट्रम्पको यो योजनाले गाजामा जारी युद्धको अन्त्य गर्ने, बन्दीहरूलाई फर्काउने र क्षेत्रलाई आतंकमुक्त बनाउने लक्ष्य राखेको छ, तर हमासको अस्वीकारले गर्दा यसको भविष्य अझै अनिश्चित छ। (एजेन्सीहरूको सहयोगमा)

Couple
Loading...