कैलालीको अत्तरियाबाट एक महिला बेपत्ता

अत्तरिया- कैलालीको अत्तरियाबाट एक महिला बेपत्ता भएकी छन्। जिल्लाको गोदावरी नगरपालिका–१ स्थित वडा कार्यालय नजिकै कोठामा बस्दै आएकी ३५ वर्षीया नसरिन आइतवार बिहान बेपत्ता भएकी हुन।

Ganyapdhura gau
Dadeldhura hospital

उनका श्रीमान् हनिप खानका अनुसार बिहान ५:५१ मा नसरिन चप्पलसमेत नलगाई कोठाबाट बाहिर निस्केकी थिइन्। त्यसयता उनी कोठामा नआएको उनले बताए।

Navadurga sun
Godawari sandesh

नसरिनले हरियो सारी लगाएकी थिइन्। भेट्ने जो–कसैले नजिकको प्रहरी कार्यालय वा ९८०१७५०५६८ मा सम्पर्क गरी सहयोग गरिदिन खानले आग्रह गरेका छन्।

यस विषयमा इलाका प्रहरी कार्यालयमा निवेदन दिइसकिएको उनले बताए। नसरिन र उनका श्रीमान् लामो समयदेखि अत्तरियामा काम गर्दै आएका छन्। खानको घर भने भारतको बरेली हो।

Loading...