बेलडाँडीका युवा नेता धामीले पत्रकारलाई सम्मान गरे

कञ्चनपुर, ५ असाेज- कञ्चनपुरको बेलडाँडीका युवा नेता दिपेन्द्र सिह धामीले पत्रकारलाई सम्मान गरेका छन। नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संगठन युवा संघ नेपाल कञ्चनपुरका सह–संयोजक समेत रहेका धामीले नेपाल पत्रकार महासंघ कञ्चनपुरका पदाधिकारी तथा सदस्यलाई सम्मान गरेका हुन।

बेलडाँडी गाउपालिका वडा नं. २ का स्थानीय समेत रहेका युवा नेता धामीले जिल्लाको विकासका साथै विपन्न सबै समुदायको आवाज बुलन्द गर्ने संचार क्षेत्रलाई सम्मान गरेको बताए। युवा नेता धामीले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी, उपाध्यक्ष भवानी भट्ट, सचिव राजेन्द्र प्रसाद अवस्थी, सह सचिव पहिलाद राना, सदस्य होम योगी, रमेश भट्ट, देवेन्द्र खडकालाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान गरेका हुन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...