बडीमालिकामा फोर–जी सेवा विस्तार

बाजुरा- धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले फोर–जी सेवा विस्तार गरेको छ। समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिकामा सोमबारदेखि मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो।

जनैपूर्णिमाको धार्मिक मेलाको पूर्वसन्ध्यामा सञ्चार सेवा पुगेपछि स्थानीयवासी, तीर्थयात्री, पर्यटक तथा सरकारी निकायलाई सञ्चार सम्पर्क गर्न सहज हुने अपेक्षा गरिएको छ। टावर जडानका लागि आवश्यक उपकरण तथा सामग्री नेपाली सेनाको सहयोगमा हेलिकोप्टरमार्फत बडीमालिका क्षेत्रमा पुर्‍याइएको थियो।

Navadurga sun

सेवा उद्घाटन गर्दै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दुर्गम क्षेत्रका नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिने सरकारको नीति रहेको बताए। उनले सञ्चार पहुँच विस्तारले दुर्गम क्षेत्रका नागरिकसँगै धार्मिक तथा पर्यटकीय गतिविधिमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए।

नेपाल टेलिकमकी प्रबन्ध–निर्देशक संगीता पहाडीले दुर्गम तथा सञ्चार पहुँच कमजोर भएका क्षेत्रमा सेवा विस्तारलाई टेलिकमले प्राथमिकतामा राखेको बताइन्। बडीमालिकामा फोर–जी सेवा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा तथा बडीमालिका दर्शनका लागि पुग्ने तीर्थयात्री र पर्यटकलाई मोबाइल तथा इन्टरनेट प्रयोगमा सहजता हुने भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...