अत्तरियामा बसले किच्दा महिलाको घटनास्थलमै मृत्यु

अत्तरिया- कैलालीको अत्तरियामा बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। गोदावरी नगरपालिका–१ की ३५ वर्षीया सिन्की बोहराको बसले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ।

अत्तरिया बसपार्कमा पानी बेच्दै आएकी बोहरालाई महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख ९५६ नम्बरको बसले किचेको हो।

Navadurga sun

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार बसपार्कमा भएको घटनामा बोहराको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि बस चालक दार्चुलाको मालिकार्जुनका रोहितसिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बससमेत नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अत्तरियामा राखिएको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...