आज विश्व रेबिज दिवस मनाइँदै

अत्तरिया- रेबिज एक भाइरसजन्य प्राणघातक रोग हो, जसलाई न्युरोट्रोपिक भाइरस भनिन्छ। संक्रमित जनावरको र्यालमार्फत टोकाइ वा चाटाइद्वारा मानिसमा सर्ने यो रोग मानव सभ्यतासँगै हजारौं वर्षदेखि देखिँदै आएको छ । करिब ४३०० वर्षअगाडि इजिप्ट सभ्यतामा रेबिजको उल्लेख भेटिएको इतिहासविद्हरू बताउँछन् ।

Ganyapdhura gau

रेबिज लागेपछि ढिलो उपचार भएमा यो रोग घातक बन्न सक्छ । तर आधुनिक चिकित्साले यसलाई रोकथाम गर्नका लागि प्रतिरोधात्मक खोप तथा संक्रमित जनावरले टोकेपछि तुरुन्तै प्रयोग गरिने पोस्ट एक्सपोजर प्रोफिल्याक्सिस (PEP) उपलब्ध गराएको छ ।

Navadurga sun
Dadhaldhura pur

नेपालजस्ता विकासोन्मुख देशमा छाडा कुकुरहरूको संख्या धेरै भएकाले रेबिजको जोखिम अझै उच्च छ । जनचेतना, खोपको सहज पहुँच र छाडा जनावर व्यवस्थापन अत्यावश्यक रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

हरेक वर्ष सेप्टेम्बर २८ का दिन विश्वभर ‘रेबिज विरुद्धको दिवस’ मनाइन्छ । यो दिन वैज्ञानिक लुई पास्चरको सम्झनामा मनाइन्छ, जसले रेबिज विरुद्धको खोप आविष्कार गरेका थिए ।

यस वर्ष २०२५ को विश्व रेबिज दिवसको नारा “Act Now: You, Me, Community” रहेको छ । यसले रेबिज नियन्त्रणका लागि व्यक्तिगत, पारिवारिक र सामुदायिक सबैको साझा प्रयास आवश्यक रहेको सन्देश दिन्छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...