धनगढी- धनगढीमा सम्पन्न पाँचौं हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले हात पारे सँगै अत्तरिया पत्रकार टीम उपजिजेतामा सिमित हुनु पर्यो । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक टोलीले अत्तरिया पत्रकार टीमलाई ४–१ गोल अन्तरले पराजित गर्दै विजेता बन्न सफल भएको हो ।


आयोजक टोली मञ्चले उपाधिसँगै नगद २५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ । यस्तै, उपविजेता बन्न सफल अत्तरिया पत्रकार टीमले नगद १५ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरेकाे छ । पत्रकारहरुकै चार टिमको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा सम्पन्न गरिएको थियो ।

प्रतियोगिताको मुख्य प्रायोजक धनगढीस्थित हिमालयन गौरीशंकर डेन्टल क्लिनिक रहेको थियो । क्लिनिकका दन्त चिकित्सक डा. मोहित एस.के. ले विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए । डेढ दशकदेखि सेवा दिँदै आएको सो दन्त स्वास्थ्य संस्था अहिले दन्त अस्पतालको रूपमा सेवा विस्तार गरिरहेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकका अनुसार दशैँ–तिहारको अवसर पारेर शुभकामना आदान–प्रदान र आपसी मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउन प्रत्येक वर्ष मिडिया कप फुटसल आयोजना गर्दै आएको बताएका छन् ।
