कञ्चनपुरकी टिकटकर आचल नाथको उपचारका क्रममा निधन

अत्तरिया‍- कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणि घर भएकी टिकटकर तथा कलाकार आचल नाथको काठमाडौंमा उपचारका क्रममा निधन भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

नाथमाथि अज्ञात समूहले पेट्रोल छर्की आगो लगाएर ज्यान मार्ने प्रयास गरेको थियो । गम्भीर घाइते बनेकी उनलाई काठमाडौंस्थित केएमसी अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आइतबार उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

आक्रमणकारीहरूको पहिचान अहिलेसम्म हुन सकेको छैन । घटनापछि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्ने क्रम बढेको छ । नाथको कलिलै उमेरमा भएको दुखद निधनप्रति धेरैले दुःख व्यक्त गरिरहेका छन् ।

Couple
Loading...