महेन्द्रनगर आँखा अस्पताल : सीमापारका बिरामीको पनि पहिलो रोजाइ

कञ्चनपुर- भीमदत्त नगरस्थित महेन्द्रनगर आँखा अस्पताल भारतीय नागरिकको समेत उपचारको केन्द्र बन्दै गएको छ । सस्तो र गुणस्तरीय उपचारका कारण पछिल्लो समय भारतका विभिन्न सीमावर्ती सहरबाट बिरामी उपचारका लागि महेन्द्रनगर आउन थालेका छन् ।

Ganyapdhura gau

अस्पतालका अनुसार भारतको उत्तराखण्ड र उत्तर प्रदेशका नागरिक आँखा परीक्षण तथा अन्य नेत्रसम्बन्धी उपचार सेवा लिन यहाँ आउने गरेका छन्। सस्तो र गुणस्तरीय उपचार सेवाका कारण अस्पतालमा नेपाली र भारतीय सेवाग्राहीको चाप बढिरहेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिए ।

Navadurga sun

“यहाँ अत्याधुनिक मेसिनबाट आँखा जाँच हुनुका साथै शल्यक्रियासमेत हुने गरेको छ”, नेत्र अधिकृत धामीले भने, “उपचारका लागि नेपाली मात्र नभएर छिमेकी मुलुक भारतीय नागरिकसमेत आउने गरेका छन् ।” उनका अनुसार गत आर्थिक वर्षमा २४ हजार ७८० जनामा आँखासम्बन्धी उपचार सेवा प्रदान गरिएको थियो । जसमा एक हजार ६६७ जना भारतीय नागरिकले सेवा लिएका छन् । अस्पताले छ सय ३४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको थियो भने पाँच हजार ४१३ जनालाई चस्मा वितरण गरेको गरिएको छ ।

Dadhaldhura pur

विसं २०४२ मा आँखा उपचार केन्द्रका रूपमा स्थापना भएको अस्पताललाई २०७० सालमा स्तरोन्नति गरिएको थियो । त्यसपछि अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा दिन थालेपछि बिरामीको चाप बढ्दै गएको छ। अस्पतालका अनुसार आव २०७७/७८ मा यहाँ १८ हजार ८१० जनाले उपचार सेवा लिएका छन् । आव २०७८/७९ मा २३ हजार ८२६, आव २०७९/८० मा २३ हजार २१३, आव २०८०/८१ मा २४ हजार ९५२ जनाले उपचार सेवा लिएका छन् ।

अस्पतालमा मोतियाविन्दुको समस्याका बिरामी र चस्मा लगाउने बिरामी धेरै आउने गरेको नेत्र अधिकृत धामीले बताए । “पैतालीस वर्ष उमेर पुगेपछि धेरैलाई मोतियाविन्दुको समस्या हुने गरेको छ”, धामीले भने, “चोटपटक, गलत औषधि प्रयोगका कारण र कहिलेकाहीँ जन्मजातका कारण पनि मोतियाविन्दुको समस्या देखिन्छ । मोतियाविन्दु, आँखामा मासु पलाएकाजस्ता समस्याको शल्यक्रिया आधुनिक मेसिनबाटै गरिन्छ ।”

“साताको शनिबार शल्यक्रिया गर्छौँ अन्य समयमा ओपिडी सेवा सञ्चालन हुन्छ। आँखा उपचारका लागि दैनिक एक–डेढ सय जना बिरामी आउने गरेका छन्”, धामीले भने ।

अस्पतालले हरेक वर्ष समुदाय स्तरमा शिविरमार्फत पनि सेवा दिँदै आएको छ। गत आवमा विद्यालयमा सञ्चालित छ वटा शिविरबाट एक हजार ९१३ विद्यार्थीको आँखा जाँच गरिएको थियो । जसमा ६७ जना विद्यार्थीलाई समस्या देखिएकामा तीमध्ये ४७ जनालाई अस्पतालले चस्मा वितरण गरेको थियो। समुदायमा गरिएको आँखा जाँच शिविरमा एक हजार ५५० जनाले सेवा लिएका थिए। जसमा एक सय ५० जनाको आँखाको शल्यक्रिया गरिएको नेत्र अधिकृत धामीले बताए ।

अस्पतालले आँखाको समस्या न्यूनीकरणका लागि स्वयंसेवक, हेल्थ पोस्ट इन्चार्जलाई समेत तालिम दिँदै आएको छ । “आँखाको समस्या देखिएमा तुरुन्तै हाम्रो यहाँ पठाउनुहोला भनेर हेल्थ पोस्टका इन्चार्ज र स्वयंसेवकलाई हरेक वर्ष तालिम दिने गरेका छौँ”, धामीले भने, “हाम्रो उद्देश्य सस्तो, गुणस्तरीय उपचार सेवा समयमै दिनु हो ।” शल्यक्रियाका लागि थप मेसिन भित्र्याउन सके जटिल किसिमका शल्यक्रिया यहाँ सम्भव भएको बताए । त्यसका लागि स्थानीय तह तथा प्रदेश सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...