गोदावरी नगरपालिकालाई ९ संघसंस्था र व्यक्तिबाट सहयोग

अत्तरिया- हालैको आन्दोलनका क्रममा कार्यालय क्षति पुगेको कैलालीको गोदावरी नगरपालिकाले स्थानीय संघसंस्था र व्यक्तिबाट सहयोग प्राप्त गरेको छ । असोज ५ र ७ गते दुई दिनमै ९ वटा संघसंस्था तथा व्यक्तिहरूले आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

Ganyapdhura gau

नगरप्रमुख बिरेन्द्र भट्टले सामाजिक सञ्जालमार्फत सहयोगी संघसंस्था तथा व्यक्तिहरूको नाम सार्वजनिक गर्दै धन्यवाद व्यक्त गरेका छन् । उनले स्थानीय स्तरबाट प्राप्त सहयोगले नगरपालिकाको पुनर्निर्माण र कार्यालय सञ्चालनलाई सहज बनाउने विश्वास व्यक्त गरेका छन् ।

Navadurga sun
Dadhaldhura pur

नगरपालिकालाई सहयोग गर्नेमा सुप समावेशी आधारभूत विद्यालयका शिक्षकहरू : १ थान दराज, १ थान घुम्ने कुर्सी, २ थान प्लास्टिक कुर्सी, लुनिभा सहकारी तथा वित्तीय संस्था : अत्तरिया शाखा : १ थान टेबुल, मानव अधिकारका लागि महिला गोदावरी महिला समूह : १ थान अफिसियल दराज,  सरस्वती माध्यमिक विद्यालय, शेहरी (वडा नं. ९) : २ थान कम्प्युटर सेट, चण्डेश्वरी एजेन्सी प्रा.लि., अत्तरिया : १ थान प्रिन्टर, यम बहादुर चौधरीको टोली, गोदावरी–८ फकलपुर : १० थान प्लास्टिक कुर्सी,  शैलेश्वरी मावि, बडेहाका शिक्षकहरू : १ थान दराज, १ थान अफिस टेबल, १ थान घुम्ने कुर्सी, भागेश्वर फ्लोर मिलका सञ्चालक लाल बहादुर बोगटी : १ सेट अफिसियल सोफा र गोदावरी ईसाई समाज : ९ थान अफिसियल दराज प्राप्त भएको छ ।

नगरप्रमुख भट्टले भने, “स्थानियस्तरबाट प्राप्त सहयोगले मात्र नगरलाई पुनः व्यवस्थित र सबल बनाउन सकिन्छ । यसका लागि योगदान दिने सबैलाई नगरवासीको तर्फबाट हार्दिक धन्यवाद ।”

हालैको जेने–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण नगरपालिकाको कार्यालय सामग्रीमा ठूलो क्षति पुगेको थियो। सोही कारण, स्थानीय संघसंस्था र व्यक्तिहरूबाट प्राप्त सहयोगलाई नगरपालिकाले पुनर्निर्माणको महत्वपूर्ण आधारका रूपमा लिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...