कैलाली प्रहरीले सादा पोसाकमा खटाइका घुमुवा टोली हटायो

धनगढी- कैलाली प्रहरीले सादा पोसाकमा खटाइका प्रहरीलाई जिम्मेवारी मुक्त गरेको छ । विभिन्न विवादमा मुछिन थालेपछि सादा पोसाकको टोली नै हटाइएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख नरेन्द्रबहादुर चन्दले घुमुवा नामबाट परिचित टोली हटाएको बताएका छन् । उनले हालका लागि सूचना सङ्कलन गर्न प्रयोग हुँदै आएको सादा पोसाकको टोली हटाएको बताए । उनले भने, ‘अहिले सादा पोसाकको टोली हटाएका छौ । सूचना सङ्कलनका लागि त चाहिन्छ। अहिले धेरै गुनासो आएपछि हटाइएको हो । फेरि नयाँ टोली बनाउने विषयमा सोच्छौ ।’

Navadurga sun

यस अगाडिका एसपी बाल नरसिंह राणाको कार्यकालमा सो घुमुवा टोली निकै विवादित बनेकोमा अहिले आएका नयाँ एसपी चन्दले टोली नै हटाएका हुन् ।

घुमुवाका नाममा टोलीले असुली र बार्गेनिङ गर्ने गरेको आरोप लाग्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले आन्तरिक समीक्षा र शुद्धीकरण अभियान अन्तर्गत घुमुवाहरूलाई हटाइएको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...