कञ्चनपुरमा द्रुत प्रतिकार्य टोली गठन

कञ्चनपुर- चाडपर्वका बेला वन क्षेत्रमा बढ्ने चोरी–सिकारी र पैदावार तस्करी नियन्त्रण गर्न कुण्डा सब–डिभिजन वन कार्यालयअन्तर्गत १५ सदस्यीय द्रुत प्रतिकार्य टोली गठन गरिएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

वन कार्यालय प्रमुख दिनेशकुमार यादवका अनुसार टोलीले वन्यजन्तुको उद्धार, अवैध चोरी–सिकारी नियन्त्रण, नियमित गस्ती र वन संरक्षणलाई प्रभावकारी बनाउन चौबिसै घण्टा सक्रिय रहनेछ । बेलौरी र पुनर्वास नगरपालिकाका आठ सामुदायिक वनमा टोली परिचालन गरिएको छ ।

Navadurga sun
Godawari sandesh

भारतसँग सीमा जोडिएका यी क्षेत्र संवेदनशील भएकाले अवैध गतिविधि रोकथाम र चितुवा, पाटेबाघ, हात्ती, अजिङ्गरजस्ता जनावर नियन्त्रण तथा उद्धारमा पनि टोली सक्रिय हुने कार्यालयले जनाएको छ ।

सामुदायिक वन उपभोक्ता समितिहरूले यो कदमले वन संरक्षण र चोरी–तस्करी नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

Couple
Loading...