आज सुदूरपश्चिमसहित केही स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको आजको मौसम बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, बाँकी भूभागका कतिपय स्थानमा पनि मध्यम वर्षा हुन सक्ने विभागको अनुमान छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा पर्न सक्ने सम्भावना रहेको छ ।

Navadurga sun

आज राति पनि देशभर सामान्यतया बदली रहँदा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँगै देशका अन्य पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहने, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गरेको छ । साथै, सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...